अष्ट्रेलियाका लिजेन्ड ब्याट्सम्यान स्टिभ स्मिथले एक दिवसीय क्रिकेटबाट सन्न्यास लिएका छन् ।
च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा भारतसँग अष्ट्रेलियाले हार व्यहोरेलगत्तै उनले सन्न्यासको घोषणा गरेका हुन् ।
च्याम्पियन्स ट्रफीमा नियमित कप्तान प्याट कुमिन्सको अनुपस्थिति स्मिथले अष्ट्रेलियाको कप्तानी गरेका थिए । तर, उपाधि दावेदार अष्ट्रेलियाले फाइनलसम्मको यात्रा तय गर्न सकेन ।
३५ वर्षीय स्मिथले अष्ट्रेलियाको राष्ट्रिय टिमबाट १७० वटा एकदिवसीय म्याच खेलेका छन् । उनले ४३.२८ को औसतमा कुल ५ हजार ८ सय रन जोड्दा १२ शतक र ३५ अर्धशतक जोडे ।
सन् २०१० मा वेस्ट इन्डिजविरुद्धको म्याचमा स्मिथले एक दिवसीय डेब्यू गरेका थिए ।
Discussion about this post