प्रतिनिधिसभाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन मुल्यांकनमा शून्य अंक पाएकोबारे जवाफ दिन सरकारलाई निर्देश गरेको छ ।
बुधबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरूले घिसिङले पाएको अंकबारे सरकारसँग जवाफ मागेका थिए । यो विषयमा रुलिङ गर्न सभामुखसँग आग्रह गरेका थिए ।
संसद्मा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कार्यसम्पादनमा दिएको अङ्कप्रति विरोध जनाएका हुन् । “सरकारले आफ्नो मूल्याङ्कन नहेर्ने तर प्राधिकरणलाई नाफामा लैजानेलाई शून्य अङ्क दिने विषयको हामी विरोध गर्दछौँ । यस विषयमा सभामुखसँग सरकारलाई रूलिङ्को माग पनि गर्दछौँ,” उनले भने ।
उनले भने, ‘आजको बैठकमा सबै प्रतिपक्षीले राखेको विषय अन्य माननीयहरूले शून्य विशेष समय र आकस्मिक समयमा राख्नु भएको विषयमा २०७९ नियम १५ उपनियम २ बमोजिम सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउँछु। साथै सभालाई जानकारी गराउन निर्देश गराउँछु।’
Discussion about this post