अष्ट्रेलियालाई हराउँदै भारत आइसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै उपाधी भिडन्त पक्का गरेको हो ।
मंगलबार भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियामाथि ४ विकेटको जित हात पार्दै भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको हो।
अस्ट्रेलियाले दिएको २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो।
Discussion about this post