Khabar Samachar

Search
Close this search box.

बाँदरमुडे घटना याद छ, खुलामञ्चबाट ५ हजारको जिम्मा लिन्छु भनेको होइन ? – ज्ञानेन्द्र शाही

204
VIEWS

राजतन्त्र पक्षधर र गणतन्त्र पक्षधरबीच वादविवाद चलिरहेको बेला राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले माओवादी सशस्त्र द्वन्द्वकालका भएको चितवनको बाँदरमुडे घटना सम्झाएका छन् । निहत्था व्यक्तिको हत्या भएको घटनाको जिम्मेवारी लिन तयार हो ? भन्दै उनले माओवादीसँग प्रश्न गरे ।आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर सदनमा प्रश्न गरेका हुन् । शुक्रबार प्रचण्डले सिन्धुपाल्चोकमा पूर्वराजा ज्ञानेन्द्रलाई भाइमारा र मूर्तिचोरको आरोप लगाएका थिए ।

‘बाँदरमुडे घटना याद छ ? निहत्थालाई बम हानर मारेको हो होइन ? लम्जुङका शिक्षक मुक्तिनाथ अधिकारीका हत्यारा यहीँ सांसद छन् । यसको जवाफ चाहिन्छ कि चाहिँदैन ?’, शाहीले प्रश्न गरे, ‘खुल्लामञ्चमा उभिएर ५ हजार मान्छे मैले मारेको हुँ भन्ने मान्छे प्रधानमन्त्री बन्न पाउने व्यवस्था सही हो ?’

रघुजीलाई कटाक्ष गर्दै शाहीले भने, ‘केही साथीहरू यही व्यवस्था राख्नुपर्छ भन्दै उफ्रिरहनु भएको छ । यो स्वभाविक पनि हो । यो यस्तो व्यवस्था हो, जहाँ चुनाव हारेर पनि सांसद, मन्त्री प्रधानमन्त्री हुन पाइन्छ । यो व्यवस्था आएको १६ वर्षमा १४ पटक सरकार परिवर्तन भए, १ हजार मन्त्री भए, ३ हजार सांसद भए । सबै मिलेर खान पाएपछि यही व्यवस्था उत्तम हो भन्नु स्वभाविक हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित