राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफूसँग बहस गर्ने भए इतिहास पढेर आऊ भनेका नेकपा एमालेका सांसद रघुजी पन्तलाई मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो भन्दै प्रश्न गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले संसद्मा जे मन लाग्यो त्यो बोल्न नहुने बताएका हुन्।
शाहीले सिन्धुपाल्चोक पुगेर शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए।
दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहीलाई भाइ मारा, तस्कर र चोर भनेका थिए।’खुल्लामञ्चमा उभिएर पाँच हजार मान्छे मैले मारेको हुँ भन्ने व्यक्ति यो देशको प्रधानमन्त्री बन्न पाउने व्यवस्था हो,’ शाहीले भने, ‘भारतको दिल्लीमा नेपालमा निहत्था मान्छे मार्नुपर्छ भनेर अघि बढ्ने व्यक्ति यही देशको सांसद र मन्त्री बन्न पाउने व्यवस्था उत्तम हो?’
Discussion about this post