Khabar Samachar

Search
Close this search box.

पोखराको पीएन क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन चैत १० गते हुने

210
VIEWS

त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशकै ठूलो मानिने पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत १० गते हुने भएको छ ।

आगामी आइतबार (चैत १०) गते बिहान ८ बजेदेखि निर्वाचन हुनेगरी समय तय गरिएको क्याम्पस प्रमुख डा. रामचन्द्र पौडेलले जानकारी दिए ।

अखिल छैटौंको चुनाव चिह्न विबना मतपत्र छापिएपछि विवाद भएको थियो । सोही विवादका कारण रोकिएको मतदान आगामी आइतबार हुने भएको हो ।

समानुपातिकतर्फको मतपत्रमा अखिल छैटौंको चुनाव चिह्न थिएन । मतपत्रमा चुनाव चिह्न छुटाएर निर्वाचन समितिले चुनाव प्रभावित पार्न खोजेको भन्दै विद्यार्थी संगठनहरूले विरोध जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित