Khabar Samachar

Search
Close this search box.

एसईई आजदेखि,५ लाख १४ हजार परीक्षार्थी

325
VIEWS

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एक साथ  बिहान ८ बजेदेखि एसइई आरम्भ हुन लागेको हो ।

परीक्षाको पूर्व निर्धारित तालिकाअनुसार पहिलो दिन परीक्षार्थीले अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा दिँदै छन् । यो वर्ष माध्यमिक शिक्षा परीक्षा एसईईमा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुन लागेको बोर्डले जनाएको छ । गएको वर्ष २०८० को एसइईमा चार लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित