सरकारले कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेपछि नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयअगाडि सुरक्षा सतर्कता बढाइएको छ।
सोमबार मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकबाट घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ। उक्त निर्णयपछि चौतर्फी रूपमा सरकारको विरोध भइरहेको छ।
आज बिहान मात्रै प्राधिकरणको कार्यालय नजिक पर्ने प्रदर्शनीमार्गमा विद्यार्थीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका थिए । आज दिउँसो पनि विभिन्न संघसंघठनहरुले विरोध प्रदर्शनको कार्यक्रम राखेका छन् ।
त्यसैले अघिल्ला दिनको तुलनामा आज अलि बढी सुरक्षाकर्मीहरु परिचालित भएको देखिएको छ ।
Discussion about this post