नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध गालीगलौज गरेको सूचना राखेको भन्दै कार्यालय प्रमुख रामु श्रेष्ठमाथि कुटपिट भएको छ।
कार्यालयको बोर्डमा सोमबार प्रधानमन्त्रीविरूद्ध गालीगलौज गरेको सूचना देखा परेको थियो। त्यही विषयलाई लिएर मंगलबार कार्यालय प्रमुख श्रेष्ठमाथि एक समूहले हातपात गरेको हो। कार्यालय प्रमुख श्रेष्ठमाथि कुटपिट गर्ने र कार्यालय तोडफोड गर्नेहरूको पहिचान नखुलेको प्रहरीले जनाएको छ।
प्रधानमन्त्रीविरुद्ध कार्यालयको डिजिटल बोर्डमा कसरी उक्त नारा डिस्प्ले भयो भन्ने पनि २४ घण्टाभित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिएको प्रजिअ पौडेलले जानकारी दिए।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले कुटपिट गर्नेविरुद्ध लिखित उजुरी गर्न भनेको र उजुरी आएपछि संलग्नलाई कारबाही गर्ने बताए।
Discussion about this post