बालुवाटारमा सत्तारूढ दलहरूको बैठक बसेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्तामा रहेका दलका शीर्ष नेताहरूबीच बैठक भएको हो।
मंगलबार अपराह्न सत्तारूढ दलको बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा जनता समाजवादी पार्टी, जनमत पार्टी, नाउपा, लोसपाका शीर्ष नेताहरू पनि सहभागी छन्। छलफलमा गृहमन्त्री रमेश लेखक पनि सहभागी छन्।
सरकारले सोमबार साँझ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयपछि सरकारको चर्को आलोचना भइरहेको छ। प्रधानमन्त्री ओलीले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न गठबन्धनको बैठक बोलाएका हुन्।






















Discussion about this post