प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काठमाडौं महानगरपालिका कार्यालय प्रवेश गरेका छन्।
वडाध्यक्षहरू र कर्मचारीहरूले बिहीबार कार्यालय परिसरबाट गुरागाईंलाई कार्यकक्षसम्म पुर्याएका हुन्।
गुरागाईं महानगर प्रवेश गर्दा मुख्य ढोकामा नगर प्रहरी तैनाथ थिए।
वडाध्यक्षहरू र कर्मचारीहरूले गुरागाईंलाई बीचमा राखेर नगर प्रहरीलाई ठेलमठेल गरी कार्यालयभित्र लगेका हुन्।
काठमाडौं टावर निर्माण गर्ने नक्सा पासको विवाद बढ्दै गएपछि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई काठमाडौं महानगरपालिकाले कार्यालय छिर्न रोक लगाएको थियो।






















Discussion about this post