Khabar Samachar

Search
Close this search box.

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

206
VIEWS

प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनलाई सम्बोधन गरेपछि ओलीले मोदीलाई भेट्ने कार्यक्रम तय भएको छ ।

भेटवार्ता सम्मेलनको दिवाभोजपछि स्थानीय समयअनुसार अपराह्न ४ बजे हुनेछ । बैङ्ककस्थित होटेल साड्ग्रिलामा भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली बिम्स्टेक शिखर सम्मेलनमा सहभागी भएका छन् ।

बिम्स्टेक सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली आजै साँझ थाइल्याण्डस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित