काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको ‘ह्विललक’ खोलिएको छ । महानगरका मेयर बालेन शाहको निर्देशनमा नगरप्रहरीले बिहीबार बिहान प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीमा ‘ह्विललक’ गरेको थियो ।
काठमाडौं महानगरपालिकाको निलम्बनमा परेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं तीन महिना १४ दिनपछि बिहीबार कार्यालय गएका थिए । तर, उनलाई नगरप्रहरीले कार्यालय प्रवेशमा रोक लगाउने प्रयास गरेको थियो ।
Discussion about this post