राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजधानीमा गर्न लागेको शक्ति प्रदर्शनलाई राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यबाहक संयोजक गुरुङले विज्ञप्ति जारी गरी राप्रपाको प्रदर्शनलाई समर्थन गरेका हुन् ।समितिका कार्यवाहक संयोजक जगमान गुरुङले एक विज्ञप्ति जारी गर्दै राप्रपाको आन्दोमा सक्रिय सहभागी हुन अपिल समेत गरेका छन् ।
राप्रपाले ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नाराका साथ २६ गते काठमाडौंको भृकुटीमण्डमा थनप्रदर्शन तथा आमसभा गर्दैछ । उक्त कार्यक्रमलाई समितिले अपनत्व प्रस्तुत गरेको हो ।
विज्ञप्तिमा गुरुङले राप्रपाको कार्यक्रममा राष्ट्रिय झण्डासहित शान्तिपूर्णरुपमा सक्रिय सहभागिता जनाउन सबै राष्ट्रवादी देशभक्त नागरिकहरूमा आह्वान गरेका छन् ।
Discussion about this post