कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक निर्देशक रवि लामिछानेले अदालतको आदेशप्रति सम्मान गरेको संक्षिप्त प्रतिक्रिया दिएका छन् । सोमबार कारागार चलान हुँदै गर्दा उनले सो प्रतिक्रिया दिएका हुन् ।
लामिछानेलाई स्वास्थ्यपरीक्षण गरी कारागारको ब्लक नम्बर-४ मा राखिएको जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीले जानकारी दिए । ब्लक नम्बर ४ मा अहिले लामिछानेमात्रै रहेको भन्दै आगामी दिनमा कैदीबन्दीको संख्या बढ्दै गए अरुलाई समेत राख्नुपर्ने भण्डारीले बताए । उनका अनुसार अहिले भैरहवा कारागारमा ५९४ जना कैदीबन्दी छन् ।
उच्च अदालतको आदेशबमोजिम लामिछानेलाई रुपन्देही जिल्लाको जिल्ला कारागार भैरहवामा चलान गरिएको हो । सहकारी ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रूपैयाँ धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले उल्टाउँदै थुनामा पठाउने आदेश गरेको थियो ।
Discussion about this post