नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले १७ हजारको हत्यारा आफूलाई भनिरहँदा पार्टी निकट नेता/कार्यकर्ताहरुले प्रतिवाद नगरेको भन्दै असन्तुष्टि जनाएका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले १७ हजार मानिसहरु युद्धको नियमअनुसार मारिएको बताए।
उनले त्यसबेला राज्य पक्षले कति र तत्कालीन माओवादीले कति हत्या गर्यो भन्ने कुरा अध्ययन गर्न सकिने बताए। उनले बिना अध्ययन आफूमाथि आरोप लगाइएको भन्दै आपत्ति जनाए।
१७ हजार मानिस प्रचण्डले मारेको भन्ने आरोपको खण्डन गर्दै आफूले अहिलेसम्म एक जनालाई पनि नपिटेको बताए। उनले तत्कालीन युद्धको नेतृत्व आफूले गरेको र शान्तिमा आएपछि सम्पूर्ण कुराको जिम्मा लिएको उल्लेख गरे।
Discussion about this post