Khabar Samachar

Search
Close this search box.

राप्रपा अध्यक्ष लिङ्देनसहितका ३ नेता सिंहदरबारबाट प्रहरी नियन्त्रणमा

207
VIEWS

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले सिंहदरबार गेटभित्रै दुई जनालाई नियन्त्रणमा लिएको हो। शाहीले नाराबाजी गरेपछि प्रहरीले दुबै जनालाई गाडीमा हालेर लगेको हो।

प्रदर्शनमा निस्किनु अघि राप्रपाका सांसदहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका थिए।

उनीहरूले निषेधित क्षेत्र तोड्ने कार्यक्रम राखेका थिए। प्रहरीले उनीहरूले सिंहदरबार भित्रै प्रदर्शन गर्न सक्ने भन्दै निगरानी राखेको थियो।

कार्यालयबाट बाहिर निस्किँदै गर्दा राप्रपा अध्यक्ष लिङ्देनले सञ्चारकर्मीसँग प्रतिक्रिया समेत दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित