Khabar Samachar

Search
Close this search box.

निजामती कर्मचारी परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गरिने

201
VIEWS

राष्ट्रिय परीक्षा बोर्डले निजामती कर्मचारी परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन गर्ने निर्णय गरेको छ।

काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरू तत्काल विद्यालय फर्कने अवस्था नदेखेपछि सरकारले वैकल्पिक व्यवस्था गरेर कक्षा १२ को परीक्षा सञ्चालन गर्न खोजेको छ।

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू आलोपालो गर्दै काठमाडौंकेन्द्रित आन्दोलनमा छन्।

चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूले मंगलबार पनि प्रदर्शन गर्दैछन्।

कक्षा १२ को परीक्षा आउन दुई दिनमात्रै बाँकी रहेको अवस्थामा सरकारले आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न सकेको छैन।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाइसकेकी छन्। शिक्षकहरूका माग सम्बोधनका लागि विभिन्न प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेकी मन्त्री भट्टराईले अर्थ मन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नपाउने देखेपछि राजीनामा दिएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित