Skip to main content

Khabar Samachar

Search
Close this search box.

विश्वकप विजेता रोबर्टो कार्लोसले भेटे प्रधानमन्त्री ओली

203
VIEWS

प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोसबीच आज भेट भएको छ।बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग फुटबल खेलाडी रोबर्टो कार्लोसले भेट गरेका हुन्।

नेपाल सुपर लिग हेर्न मंगलबार नेपाल आएका ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी कार्लोस र प्रधानमन्त्री ओलीबीचको भेटमा नेपालमा खेलकुद क्षेत्रको उन्नयनका बारेमा छलफल भएको छ।

५२ वर्षका कार्लोसले सन् १९९२ देखि सन् २००६ सम्म ब्राजिलको टोलीबाट खेलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित