Khabar Samachar

Search
Close this search box.

खल्तीमा जहिल्यै सलाईको बट्टा बोकेर हिँड्ने र मौका पाउनासाथ आगो लगाउनेहरु संग जोगिनुस – प्रदिप ज्ञवाली

205
VIEWS

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले खल्तीमा जहिल्यै सलाईको बट्टा बोकेर हिँड्ने र मौका पाउनासाथ आगो झोसेर रोटी सेकाउन खोज्ने प्रवृत्तिसँग जोगिन आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आन्दोलन सुरू गर्दाको राप र ताप सेलाउँदै गएको र अभिभावक अधैर्य हुँदै गएको भन्दै छिटो समाधानमुखी उपाय पहिल्याउन सरोकारवालाको ध्यानकर्षण पनि गराएका छन्।

‘शिक्षक साथीहरूलाई एउटै आग्रह छ– खल्तीमा जहिल्यै सलाईको बट्टा बोकेर हिँड्ने र मौका पाउनासाथ आगो झोसेर रोटी सेकाउन खोज्ने प्रवृत्तिसँग होशियार हुनुहोस्। आन्दोलन सुरू गर्दाको राप र ताप सेलाउँदै गएको छ र अभिभावकहरू अधैर्य हुँदै गइरहेका छन्। यसबाट लाभान्वित भइरहेको एउटै पक्ष हो– निजी विद्यालय,’ उनले भने।

अब पनि आन्दोलनको स्वरुप नबदल्ने हो भने र ‘निर्णायक धक्का’ को भ्रममा बसिरहने हो भने र ‘बंगलादेश बनाइदिन्छौं भन्दै जाने हो भने थप क्षति पुग्ने निश्चित भएको उनले बताएका छन्।

‘शिक्षा मन्त्री विद्या भट्टराईको पहलमा तयार गरिएको ७ बुँदे सहमति किन र कसरी आग्रहमा घोषणा हुन रोकियो भन्ने कुरा पनि बताइरहनु पर्छ र? आखिर त्यसले कसलाई फाइदा भयो? सरकारलाई आग्रह छ– विद्यमान सीमाभित्र जे जति घोषणा गर्न सकिने हो, तुरुन्त घोषणा गरिदिनुहोस् र यससम्बन्धी सत्यतथ्य सर्वोच्च अदालतलाई, संसदलाई, सबै अभिभावकहरूलाई र समाजलाई जानकारी गराइदिनुहोस्,’ उनले भने।

सरकारलाई आग्रह छ- विद्यमान सीमाभित्र जे जति घोषणा गर्न सकिने हो, तुरुन्त घोषणा गरिदिनुहोस् र यससम्बन्धी सत्यतथ्य सर्वोच्च अदालतलाई, संसदलाई, सबै अभिभावकहरूलाई र समाजलाई जानकारी गराइदिनुहोस् । यथासम्भव छिटो विधेयकलाई अन्तिम रूप दिन सांसदहरूलाई उत्प्रेरित गरिदिनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित