Khabar Samachar

Search
Close this search box.

हामी तलमाथि गर्दैनौं, तर सरकारले रिजल्ट दिनुपर्छ – गगन थापा

202
VIEWS

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेसँग भएको सहमति अनुसार चल्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले असन्तुष्टिको कारोबार नगर्न र असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने काम नगर्न सचेत गराएका हुन्।

उनले भने, ‘अहिलेजस्तो काम गरेर हामीलाई अब हुँदैन । अब सरकारले हात हालिरहेका थुप्रै ठाउँहरूमा राम्रो परिणाम आएको छैन । त्यहाँ हात हाल्न छाडिदिए हुन्छ । कांग्रेस अहिले एमालेसँग मिलेर सरकारमा छौं । हामी तलमाथि गर्दैनौं । तर यो समयको हामी प्रयोग गर्न चाहन्छौं । सरकार भएपछि सरकारमा बस्नको लागि मात्रै बनाएर हुँदैन । सरकारले काम गर्नुपर्छ । परिणाम दिनुपर्छ, रिजल्ट चाहिन्छ । हामी त्यो रिजल्टमा काम गर्न चाहन्छौं ।’

उनले राजनीतिक उपलब्धिहरूका सम्बन्धमा आम नागरिकहरूमा सन्तोष रहँदै गर्दा पनि अहिले एउटा ठूलो बेचैनी, असन्तोष रहेको बताए।असन्तुष्टि र बेचैनीको मुख्य कारण राजनीतिक अवस्था पछाडि आम नागरिकहरूको अवस्थामा परिवर्तन नआउनुका पनि रहेको उनको भनाइ थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित