Khabar Samachar

Search
Close this search box.

रेशम चौधरी पक्राउ परेपछि स्थगित भयो जनमत–नाउपा एकता

206
VIEWS

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज एकता नहुने भएको छ । नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेपछि आजको घोषणा भाँडिएको हो ।

जनमतका अध्यक्ष सीके राउतले पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै गर्दा चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलबाटै पक्राउ गरेर डिल्ली बजार कारागार पठाएको बताए ।

उनले भने, ‘यसको हामी घोर भर्त्सना गर्दछौं । यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ-आफ्नो घर जान आग्रह गरिएको छ । बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौं ।’

उनी नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणाका लागि प्रज्ञा प्रतिष्ठान पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित