Khabar Samachar

Search
Close this search box.

रेशम चौधरीलाई पक्राउ गर्ने सर्वोच्चको पत्र गलत भएको दाबी

207
VIEWS

टीकापुर काण्डमा दोषी ठहरिएका रेशम चौधरीलाई पक्राउ गरेर थुनामा राख्न सर्वोच्च अदालतले डिल्लीबजार कारागारलाई आजै पत्राचार गरेको खुलेको छ । तर, उक्त पत्र के आधारमा पठाइयो भन्ने विषयले सर्वोच्चभित्रै हंगामा सिर्जना गरेको छ ।

उक्त पत्र कार्यान्वयन गर्न प्रहरीले चौधरीलाई पार्टी एकता स्थलबाट पक्राउ गरी डिल्लीबजार कारागार बुझाइसकेको छ।

प्रहरीले रेशमलाई पक्राउ गर्नू भन्ने पत्र सर्वोच्चको मुद्दा तथा रिट शाखाले पठाएको बताएको छ।

सर्वोच्चको सो पत्र नेपाल प्रहरी र डिल्लीबजार कारागारसमेत पुगेको छ। सो पत्र आजै प्राप्त भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिराज बोहराले  बताए।

कारागार स्रोतले पनि आजै पत्र प्राप्त भएको पुष्टि गरेको छ। सर्वोच्चबाट गएको सो पत्रमा त्यहाँका शाखा अधिकृत मोहिमान सिंह विष्टको हस्ताक्षर छ। तर यो पत्रलाई लिएर सर्वोच्चमा अहिले हंगामा भएको छ। यो के भएको हो भनेर बुझ्ने काम भइरहेको सर्वोच्च स्रोतको भनाइ छ।

सर्वोच्च अदालतका कुनै पनि न्यायाधीशले रेशम चौधरीलाई थुनामा पठाउने भन्ने फैसला गरेका छैनन्। तर सर्वोच्चको मुद्दा शाखाले योगराज ढकाल (रिगल) को मुद्दामा २०८० कात्तिकमा गरेको फैसलामा टेकेर सो पत्र पठाएको छ।

यसरी एउटा मुद्दाको नजिरमा टेकर अर्को मुद्दाको कार्यान्वयनबारे पत्र पठाउने अधिकार सर्वोच्चको मुद्दा तथा रिट शाखालाई नभएको स्रोतको भनाइ छ।रेशमलाई पक्रन बिहान प्रहरीको टोली कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगेको थियो। रेशम आइपुग्नासाथ प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो। उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित