Khabar Samachar

Search
Close this search box.

राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको भेट

203
VIEWS

राष्ट्रपति रामचन्द्र पौडेल र अजरबैजानका उपविदेशमन्त्री  एलनुर मामेडोभबीच भेटवार्ता भएको छ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

राष्ट्रपति पाैडेलले दुई देशबीचकाे सम्बन्धमा नयाँ प्रगति भएकाेमा खुशी व्यक्त गर्दै सहकार्यका क्षेत्रहरूकाे पहिचान गरी मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए।

कोप -२९ मा आफ्नाे सहभागिताबारे स्मरण गर्दै राष्ट्रपतिले आगामी दिनमा दुई देशकाे सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त  गरेका  थिए।

उपविदेशमन्त्री  मामाेडाेभले राष्ट्रपति पाैडेलकाे अजरबैजान भ्रमणका कारण दुई देशबीचकाे सम्बन्धमा नयाँ आयम थपिएकाे बताउँदै ३० वर्षसम्म कुनै  समझदारीपत्रमा हस्ताक्षर हुन नसके पनि अब कुनै न कुनै समझदारीपत्रमा चाँडै हस्ताक्षर हुने गरी काम भइरहेको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित