उदयपुरमा जन्ती पुर्याएर फर्किएको बसलाई नदीमा भासिएको छ।
चौदण्डीगढी नगरपालिका-५ मा सोमबार राति डाइभर्सन हुँदै खोला तर्नेक्रममा बस फसेको थियो।
मंगलबार बिहान बाढी आएपछि को १ ख ४७५३ नम्बरको उक्त बस बाढीले पल्टाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी केदार माङडोङले जानकारी दिए।
बसलाई बाढीले फसेको ठाउँबाट केही पर पुर्याएको थियो।
उनका अनुसार बसमा चालक र सहचालक मात्रै थिए। उनीहरू बस फसेपछि निस्किएका थिए।
Discussion about this post