Khabar Samachar

Search
Close this search box.

सिर्जना सिंहका लागि मत माग्दै घरदैलोमा ब्यस्त प्रकाशमान सिंह

210
VIEWS

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह काठमाडौँ महानगरपालिकाको प्रमुखमा उठेकी पत्नी सिर्जना सिंहका लागि मत माग्दै घरदैलो गरिरहेका छन्।

उनी गत आइतबारबाट हरेक दिन काठमाडौँ महानगरपालिकाका विभिन्न वडाहरूमा पुगेर नेतृ सिंहसँगै पार्टीले उठाएका उम्मेदवारहरूका लागि मत माग्दै आएका छन्। नेता सिंहले बुधबार काठमाडौ महानगरपालिकाका ११, १३, २२ र ३२ नम्बर वडामा घरदैलो गरेका छन्। उनले मंगलबार बिहान १, ४, १२, १६ र २१ नम्बर वडामा पुगेर उम्मेदवारहरूका लागि मत मागेका थिए।

सिंहको सचिवालयले सोमबार गोकर्णेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका र नागार्जुन नगरपालिकामा घरदैलो तथा भेटघाट कार्यक्रम गरिएको जनाएको छ।

सचिवालयका अनुसार सोमबार नै उनले काठमाडौँ महानगरपालिकाका ६, ९, १३, १६, १७, २६ नम्बर वडामा पनि घरदैलो गरेका थिए।

पार्टीले महानगर प्रमुखका लागि उम्मेदवार बनाएपछि नेता सिंहले सिर्जनाका लागि गत आइतबारबाट घरदैलो कार्यक्रम सुरु गरेका थिए।

पहिलो दिन उनले वाड नम्बर ३, ५, ७, ८, ११, ११, २९, ३० र ३१ घरदैलो गरेको स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए।

नेता सिंह र महानगर प्रमुखकी उम्मेदवार सिर्जना श्रीमान श्रीमती हुन्। उनीहरु छुट्टाछुट्टै घरदैलो गरिरहेका छन्। सिर्जनाले बुधबार बिहान महानगरका २ र ३ नम्बर वडामा घरदैलो गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित