Khabar Samachar

Search
Close this search box.

जडिबुटी-पेप्सीकोला सडकको दायाँबायाँका अवैध संरचना ३५ दिनभित्र हटाउन अल्टिमेटम

211
VIEWS

काठमाडौंको जडिबुटीदेखि पेप्सीकोला सडकको दायाँबायाँ १५/१५ मिटरभित्रका संरचना खाली गराइने भएको छ । सडक विभाग र काठमाडौं महानगरपालिकाले संयुक्त सूचना निकाल्दै सडकको सीमा क्षेत्रभित्र नक्सा पास बिना / नक्सा पास विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरू आफैँ भत्काउन/हटाउन ३५ दिनको सार्बजनिक सूचना जारि गरेको छ।
सोमबार प्रकाशित सूचनामा भौतिक योजना तथा निर्माण मन्त्रालयबाट २०५८ मंसिर १८ गते राजपत्रमा प्रकाशित सूचना अनुसार जडिबुटी चोकदेखि पेप्सीकोला चोकसम्म सडकको केन्द्र रेखाबाट दायाँबायाँ दुवैतर्फ १५ / १५ मिटर सडकको सीमा (Right of Way) कायम रहेको साथै नेपाल सरकार र स्थानीय सरकारका निकायबाट यही वैशाख १० गते संयुक्त रूपमा सीमाङ्कन चिनो लगाइएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित