भारतीय सरकारले नेपाली भूमिमा हस्तक्षेप गरेको भन्दै ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ‘ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ ले लैनचौरस्थित भारतीय दूतावासअघि विरोध प्रदर्शन गरेको छ ।
‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ‘ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ले भारतीय दूतावासमा विरोध प्रदर्शन गरेका हुन्।
उनीहरूले नेपालमाथिको हस्तक्षेप बन्द गर, इण्डियन हस्तक्षेप मुर्दावाद, राष्ट्रपतिदेखि सबै कर्मचारीसम्मको सेवा सुविधा समान गर, गोर्खा भर्तीमा सम्झौता खारेज गर, मिटरब्याजी पीडितको सम्पत्ति फिर्ता गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
भारतले महाकाली नदीमा एकपक्षीय रुपमा तटबन्ध निर्माण गरिरहेको र त्यो रोक्न दबाब दिँदै प्रदर्शन गरिएको हो ।
नेपाली भूमि फिर्ता माग्दै दूतावासलाई ज्ञापन पत्र पनि बुझाइएको छ ।























Discussion about this post