राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको जेठ १५ गतेदेखि सुरु हुने आफूहरूको आन्दोलन आन्दोलन हिंसात्मक नहुने र सरकारी पक्षलाई पनि गर्न नदिने बताएका छन्।
आगामी जेठ १५ गतेबाट राजावादी पक्षधरले गर्न लागेको आन्दोलनको तयारी बैठकमा उनले संसद्मा प्रधानमन्त्रीले उमेरका हिसाबले भाग्न सकिँदैन भनी दिएको अभिव्यक्तिको जवाफ फर्काएका हुन्।
‘प्रधानमन्त्रीले उमेरको हिसाबले पनि भाग्न सकिँदैन। भाग त भन्नुभएन नि हो। भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले । हेलिकोप्टरको सुविधा प्रयोग गर्ने छुट दिने,’ उनले भने ।
सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने वा हिंसा भड्काउने मौका नदिने उनले बताए। अध्यक्ष लिङ्देनले भद्र अवज्ञा वा सत्याग्रहबाटै आफ्ना मान्यताहरू स्थापित गरिने बताए। यस पटकको आन्दोलनलाई टुङ्गोमा पुराएरै छाड्ने भन्दै जिकिर गरे।
उनले भने, ‘हाम्रै छिमेकमा १९० वर्ष पुरानो ब्रिटिस शासनलाई सत्याग्रहको बाटोबाटै अन्त्य गरिएको थियो। हामी यो गणतन्त्रलाई पनि सत्याग्रहको बाटोबाटै अन्त्य गर्छौँ। अस्ति भर्खरै प्रधानमन्त्रीले संसदमा भन्दै हुनुहुन्थ्यो। प्रधानमन्त्रीले भन्नुभयो अब उमेरको हिसाबले पनि भाग्न सकिँदैन, भाग त भन्नुभएन नि हो भन्नुभयो। भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले। हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने। त्यसरी हामीले हाम्रो आन्दोलन अगाडि लाने हो। लाने हो यसपालि टुंग्याएर छाड्ने हो।’
Discussion about this post