Khabar Samachar

Search
Close this search box.

रवि र छविलाई रिहा गर्न माग गरिएको निवेदनमा सुनुवाइ जारी

202
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सुरू भएको छ।

६ पटकसम्म हेर्न नमिल्नेमा परेको लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको एकल इजलासमा मुद्दाको सुनवाइ सुरू भएको हो ।

लामिछानेसँगै पूर्व डिआइजी छविलाल जोशीको पनि रिट एकसाथ राखिएको छ।यसअघि यो रिटमाथिको सुनवाइ पटक-पटक हेर्न नमिल्नेमा परेर स्थगित हुँदै आएको थियो । आज भने हेर्न नमिल्नेमा परेन । एक महिनाअघि दायर भएको रिटमा बल्ल दोस्रो सुनवाइ भएको हो । सम्भवतः आजै आदेश आउनेछ ।

सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको थियो। तर न्यायाधीश पाण्डेय र जोशीका वकिल अधिवक्ता पुष्पराज पाण्डेय आफन्त परेपछि हेर्न नमिल्नेमा राखिएको थियो।

त्यसअघि न्यायाधीश आइतबार (जेठ ४ गते) न्यायाधीश मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले पनि हेर्न नमिल्ने भएको थियो। पटकपटक हेर्न नमिल्ने भएपछि उक्त इजलासले हेर्न नमिल्ने बाहेकले गोला तान्न आदेश दिएको थियो। तर पनि सोमबार प्रधान न्यायाधीश राउत र पाण्डेयको इजलासले हेर्न नमिल्ने भएको थियो।

सुरूमा वैशाख ८ गते न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको थियो। तर उक्त इजलासले हेर्न मिलेको थिएन।

वैशाख ९ गते न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले कारण देखाउ आदेश जारी गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित