Khabar Samachar

Search
Close this search box.

जेठ अन्त्यसम्ममा ग्वार्को फ्लाईओभर पूरा हुने

206
VIEWS

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौँको ग्वार्कोमा निर्माणाधीन फ्लाईओभरबाट जेठ महिनाको अन्त्य सम्ममा पूरा हुने बताएका छन् । जेठ भरिमा पूरा गरी लगत्तै फ्लाईओभरबाट सवारी साधन सञ्चालन हुने बताए ।

आइतबार बिहान फ्लाईओभर निर्माण कार्यको स्थलगत निरीक्षणका क्रममा उनले निर्माणका बाँकी कामहरू चाँडै पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन पनि दिए । ‘अब पनि ढिलाइ गर्ने छुट छैन’ मन्त्री दाहालले भने, ‘परिस्थिति बाहिरको प्राकृतिक विपत्ति नआएमा जेठको अन्त्य सम्ममा गाडी चल्नु पर्छ । यो एउटा प्रतीक्षाको आयोजना पनि हो ।’ फ्लाई ओभर अन्तर्गत ३५ मिटर स्पानको ४ लेन प्रिकाष्ट ग्रिडर पुल सहित एप्रोच सडक तथा कालोपत्रे निर्माणको काम भएको हो । फ्लाई ओभरमा ट्राफिक लाईट जडानको कार्य पनि हुने छ ।

अनुगमनका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले निर्माणका क्रममा केहि प्राविधिक समस्या देखिएका समस्या भएको र त्यो समस्या समाधान गरी सकेको बताए । यस्तै सडक विभागका महानिर्देशक रामहरि पोखरेलले राजधानीको सवारी व्यवस्थापनका लागि ग्वार्को फ्लाई ओभर महत्त्वपूर्ण ठानिएकाले यसलाई प्राथमिकताका साथ पूरा गराउन लागि परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित