Skip to main content

Khabar Samachar

Search
Close this search box.

कान्तिपुर हाफ म्याराथनको १३औँ संस्करण जेठ १७ गते

202
VIEWS

कान्तिपुर हाफ म्याराथनको १३औँ संस्करण जेठ १७ गते हुने भएको छ। हाफ म्याराथनको १३ औँ संस्करण आगामी शनिबार हुने भएको छ।
आईतबार पत्रकार सम्मेलन गर्दै कान्तिपुर पब्लिकेसन्स लिमिटेडले हाफ म्याराथनको १३ औँ संस्करण जेठ १७ गते शनिबार हुने जानकारी दिएको हो।
हाफ म्याराथनमा यस वर्षको नारा ‘लेट्स रन फर ग्रिनर टुमारो’ रहेको छ।हाप म्याराथनमा यसपटक पुरस्कार राशीमा वृद्धि गरिएको आयोजकले बताएको छ। मुख्य विधा हाफ म्याराथनको पुरुष र महिला विजेताले जनही १ लाख ५० पाउने छन्। त्यस्तै दोस्रो देखि छैटौं हुनेले ७५, ५०, ३०, २० र १० हजार पाउने छन्।ह्विलचेयर रेस तर्फ विजेताले ३५ हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः २५ र १५ हजार पाउने छन्। कर्पोरेट र सेलेब रन तथा कलेज रनको महिला र पुरुषतर्फ शीर्ष ३ मा रहनेले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर पाउने छन्। हाफ म्याराथनमा कोर्ष रेकर्ड बनाउने खेलाडीले २५ हजार पाउने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित