गृहमन्त्रीको राजीनामा माग्ने नेतालाई नेपाली कांग्रेस बैठकमा स्पष्टीकरणको माग गरिएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक समेत मुछिएको विषयमा छलफल भएको थियो । गृहमन्त्री लेखकले उक्त प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी नेताहरूलाई सुनाएका थिए ।नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति दिने पार्टीका तीन नेतालाई स्पष्टीकरण सोध्न प्रस्ताव गरेका छन्।
पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा उनले डा शेखर कोइराला, राजेन्द्र बजगाईं र सुनील शर्मालाई स्पष्टीकरण सोध्नुको विकल्प नभएको बताएका हुन्।
‘नेताहरूलाई बोलाउनुस्, समाधान निकाल्नुस् र उहाँहरूलाई केके कुरा भएको हो सोध्नुस्,’ उनले भने, ‘शेखर, सुनील शर्मा र राजेन्द्र बजगाईंलाई स्पष्टीकरण सोध्नुस् भनेर प्रस्ताव गरेँ। सभापति (सभापति शेरबहादुर देउवा) ले केही भन्नुभएन। हेर्छु मात्रै भन्नुभयो। मलाई लाग्छ, यो गर्नैपर्छ। उपाय छैन।’नेताहरूले उनीहरुसँग स्पष्टीकरण सोध्न माग गरेपछि सभापति शेरबहादुर देउवा हुन्छ हुन्न केही जवाफ नदिएको कोइरालाले बताए ।





















Discussion about this post