Khabar Samachar

Search
Close this search box.

भारतमा कोरोना आतंक,१६ राज्यमा फैलियो संक्रमण

204
VIEWS

भारतका १६ राज्यमा कोरोना संक्रमण देखा परेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ती राज्यहरूमा कोभिड-१९ बाट एक हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित पुष्टि भइसकेको छ ।

मन्त्रालयका अनुसार भारतभरि कुल १ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित केरल राज्यमा देखा परेका छन् । जहाँ ४०३ जना सक्रिय संक्रमित छन् । यसैगरी महाराष्ट्रमा ४३०, दिल्लीमा १०४, गुजरातमा ८३, तमिलनाडुमा ६९, कर्नाटकमा ४७ जना संक्रमित फेला परेका छन् ।

यसैगरी उत्तर प्रदेशमा १५, राजस्थानमा १३, पश्चिम बंगलामा १२, हरियाणामा र पुडुचेरीमा ९/९, आंध्रप्रदेशमा ४, मध्यप्रदेशमा २, तेलंगाना, गोवा र छत्तिसगढमा १/१ जना संक्रमित फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कोरोना संक्रमणको बढ्दो जोखिमको बारेमा कर्नाटकका स्वाथ्यमन्त्री दिनेश गुन्डु रावले यसबारे धेरै चिन्ता लिनु नपर्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित