प्रधानमन्त्री नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकबीच बालुवाटारमा छलफल भएको छ।
बुधबार बिहान प्रधानमन्त्रीले कांग्रेस सभापति देउवा र गृहमन्त्री लेखकसँग कुराकानी गरेका हुन्।
‘प्रधानमन्त्रीज्यूले कांग्रेस सभापति र गृहमन्त्रीसँग कुराकानी गर्नुभएको छ, भेटवार्ता जारी छ,’ स्रोतले सेतोपाटीसँग भन्यो।
भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गरिरहेका छन्।
Discussion about this post