Khabar Samachar

Search
Close this search box.

गृहमन्त्रीको राजीनामा असम्भव

202
VIEWS

प्रधानमन्त्रीसहित नेकपा (एमाले) र नेपाली कांग्रेसका नेताहरूबीच बालुवाटारमा छलफल भएको छ।

सँगै आजको सदनमा गृहमन्त्री रमेश लेखकले सदन र वाहिर आफूमाथि उठेका विषयमा जवाफ दिने र त्यसका लागि सभामुखसमक्ष समय माग्ने बैठकमा सहभागी एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रधानमन्त्रीसँगको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक साथै एमालेबाट मुख्य सचेतक बर्तौला उपस्थित थिए ।

प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलहरूले सदनमा उठाएका विषयका बारेमा सरकारका तर्फबाट गृहमन्त्री लेखकले बुधबार प्रतिनिधि सभा बैठकलाई जानकारी गराउने निष्कर्ष छलफलले निकालेको एमाले मुख्य सचेतक बर्तौलाले सेतोपाटीलाई जानकारी दिए।

‘आज प्रतिनिधि सभा कार्यसूचीअनुसार अघि बढ्नुपर्छ, संविधानबमोजिम भोलि सरकारले बजेट ल्याउनुपर्छ,’ उनले भने, ‘प्रतिपक्षीहरूले उठाएका विषयमा सरकारका तर्फबाट आज गृहमन्त्रीज्यूले जबाफ दिनुहुन्छ।’

बालुवाटारको छलफलमा गृहमन्त्रीको राजीनामाबारे कुरा नउठेको पनि उनले बताए। भिजिट भिसा प्रकरणमा कर्मचारी संलग्न रहेको देखिएकोमा गृहमन्त्रीले राजीनामा दिनु नपर्ने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित