Khabar Samachar

Search
Close this search box.

सरकार र यातायात व्यवसायीबीच वार्ता

201
VIEWS

सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ । गृहमन्त्री रमेश लेखकको अगुवाइमा व्यवसायी र सरकारबिच यातायात खुलाउने बारेमा छलफल सुरु भएको हो ।

सोमबारदेखि देशव्यापी रूपमा सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएको यातायात व्यवसायीहरुसँग सरकारले संवाद थालेको हो।

वार्ता सिंहदरबारस्थित गृह मन्त्रालयमा चलिरहेको गृहमन्त्री रमेश लेखको सचिवालयले जनाएको छ।

वार्तमा गृहमन्त्री लेखकसहित  मन्त्रालयका सचिवहरू र यातायात व्यवसायीहरू सहभागी छन्।

बिहानैदेखि काठमाडौंमा सार्वजनिक सवारी साधनहरू गुडेका छैनन्। उपत्यकामा मात्रै होइन उपत्यकाबाहिर जाने सवारी साधनहरू पनि ग्यारेजमा थन्किएका छन्।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएर कार्यान्वयन गरेपछि सुरू भएको विरोधले देशव्यापी रूप लिएको हो।

आन्दोलनको नेतृत्व नेपाल राष्ट्रिय यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको छ भने उसलाई ट्रक यातायात व्यवसायी, ढुवानी व्यवसायी संघ, मजदुरलगायत यातायात क्षेत्रसँग सम्बद्ध अरू ७ संघसंगठनहरूले सहयोग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित