Khabar Samachar

Search
Close this search box.

राप्रपा नेपालका कोषाध्यक्ष चन्द्रबहादुर गुरूङले दिए राजीनामा

204
VIEWS

राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरूङले पार्टी छाडेका छन्।

कमल थापा नेतृत्वको राप्रपा नेपालको कोषाध्यक्ष पदबाट उनले राजीनामा दिएका हुन्।उनले बिहीबार एक विज्ञप्ति जारी गर्दै राप्रपाको नेपालको कोषाध्यक्षसहित साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएका हुन् ।

राजीनामा पत्रमा उनले ‘मेरो कसैसँग कुनै गुनासो छैन’ भन्ने उल्लेख गरेका छन्।गुरूङ अध्यक्ष थापाका लामो समयदेखिका सहकर्मी थिए। थापा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको अध्यक्ष हुँदादेखि नै उनीहरू बीच सम्बन्ध राम्रो थियो।

कमल थापा नेतृत्वको राप्रपाबाट यसअघि उपाध्यक्ष उद्धब पौडेलसहित केही नेताले समेत राजीनामा दिइसकेका छन् । राजेन्द्र लिङ्देनसँग राप्रपा अध्यक्षमा पराजित भएपछि थापाले सो पार्टी छाडेर राप्रपा नेपाल गठन गरेका थिए ।

केन्द्रीय सदस्यहरु उर्मिला अधिकारी र श्रीधर सुवेदीले पनि थापाको साथ छाड्दै पार्टीबाट राजिनामा दिएका थिए । गुरुङ कमल थापा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलका अध्यक्ष हुँदादेखिका सहकर्मी थिए ।

२०३८ सालमा थापा नेपाल युवक संगठनका अध्यक्ष रहँदा गुरुङ उपाध्यक्ष थिए । गुरुङ २०७३ मा आदिवासी जनजाति प्रतिष्ठानका उपाध्यक्ष समेत भएका थिए ।

तर, उनको पक्षमा देशव्यापी कार्यकर्ताको साथ नभएपछि नेताहरू धमाधम छाड्दै राप्रपातिर फर्किने तयारीमा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित