हास्य कलाकार घनश्याम गौतमको निधन भएको छ। राति १२ः१० बजे उपचारको क्रममा भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टर अस्पतालमा उनको निधन भएको परिवारले जनाएको छ ।
रंगकर्मी गौतम विगत दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए। उनको भक्तपुर ताथलीस्थित काठमाडौं क्यान्सर अस्तालमा उपचारकै क्रममा निधन भएको हो।
४३ वर्षीय कलाकर्मी गौतमले मेरी बास्सै टेली शृंखलामा लामो समय अभिनय गरेका थिए। हातेमालो सञ्चारमार्फत रंगक्षेत्रमा सक्रिय गौतम सडक नाटक, रेडियो नाटक, कचहरीका लागि समेत उत्कृष्ट कलाकार मानिन्थे।
























Discussion about this post