Khabar Samachar

Search
Close this search box.

०६४ पछिका गृहमन्त्रीबारे छानबिन गर्न आयोग

201
VIEWS

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले रमेश लेखकले छानबिनलाई सहयोग गर्न राजीनामा दिनुपर्ने अडान यथावत् राख्ने भएका छन् । मंगलबार बिहान नेकपा (माओवादी केन्द्र) संसदीय दलको कार्यालयस्थित पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बसेको बैठकले छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो । बैठकले उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले विगतका गृहमन्त्रीको कार्यकालको समेत भिजिट भिसा प्रकरण बारे छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । वर्तमान गृहमन्त्रीले छानबिनको परिणाम नआएसम्म, अनुसन्धान प्रभावित नगर्न राजीनामा दिएर सहयोग गर्नुपर्ने उनले बताए । यसबारे जिम्मेवारी लिन र जनाउन प्रधानमन्त्रीले सदनमा आएर प्रतिबद्धता व्यक्त गर्नुपर्ने माग विपक्षी दलले अघि सारेका छन्। तीन बुँदाको निष्कर्ष लिएर प्रतिपक्ष दलका प्रमुख सचेतकहरू सभामुख कार्यकक्षमा हुँदै गरेको बैठकमा सहभागी हुन गएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित