Khabar Samachar

भरतपुरमा हँसिया हथौडामा रूखवालाले भोट हालिँदैन भन्यो भने देश दुर्घटनामा जान सक्छ: प्रचण्ड

204
VIEWS

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन विपरित मतदान गरे देश दुर्घटनामा जाने बताएका छन् । बिहिबार चितवनको भरतपुरमा भएको ५ दलीय गठबन्धनको संयूक्त सभालाई सम्बोधन गर्र्दै उनले अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकताले बनेको बताउँदै भरतपुरमा हँसिया हथौडामा मतदान नगरे देश दुर्घटनामा जाने बताए ।

‘हालिदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,’ उनले भने, ‘होइन यो राष्ट्र र जनताको आवश्यकता हो। लोकतन्त्रको आवश्यकता हो भनेर उत्साहपूर्वक रेनु दाहाल र चित्रसेन अधिकारीलाई भोट दिएर विजयी गराउने हो भने यो गठबन्धनलाई २० वर्ष लैजाने प्रतिवद्धता व्यक्त गर्दछु।’

उनले ०७४ मा रूखवाला (कांग्रेस) ले हँसिया हथौडामा भोट हाल्न असजिलो मानेपछि आफू वामगठबन्धन बनाउँदै एमालेसँग चुनावी तालमेलका लागि पुगेको प्रचण्डले बताए।

अहिले देशका लागि सहमति, सहकार्य, एकताको आवश्यकता रहेको बताउँदै उनले अहिलेको गठबन्धन प्राकृतिक गठबन्धन रहेको बताए । चितवनमा रुखवालाले हँसिया हथौडामा भोट हाल्नु हुँदैन भन्ने गरेको कुरालाई गम्भीर रुपमा लिएको बताउँदै उनले

जनआन्दोलन २०४६ मा रुख र हँसिया हथौडा​सँगै हिँड्नु हुँदैनथ्यो ? के २०६२–६३ को जनआन्दोलनको बेला रुख र हँसिया हथौडा​सँगै हिँडेको गलत थियो ? भन्दै उनले प्रश्न गरे । उनले गिरिजा प्रसाद कोइरालाले अन्तिम समयसम्म पनि शान्ति सहकार्य र एकताको कुरा गरेको स्मरण गरे । उनले रुखवालालाई चितवनमा हँसिया हथौडामा भोट हाल्न सकस भएकोले वाम गठबन्धनतिर गएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित