अमेरिकामा अवैध रूपमा रहेका थप ५० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ । उनीहरूलाई चार्टर्ड विमान मार्फत नेपाल फिर्ता पठाएको छ । आज दिउँसो ४ बजे उनीहरु नेपाल आईपुग्ने त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका एकजना अधिकृतले संचारकर्मी लाई बताए ।
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी अञ्जन न्यौपानेले उनीहरूलाई चार्टर्ड विमानमार्फत ल्याइदिने जानकारी आएको बताए।
‘दिउँसो सवा ४ बजे आइपुग्ने जानकारी प्राप्त भएको छ। संख्या एकिन छैन, ४० देखि ५० जनासम्म हुन्छ भनिएको छ। वास्तविक संख्या अन्तिम समयमा मात्रै थाहा हुन्छ’, न्यौपानेले नेपालखबरसँग भने।
अमेरिकाले विमान नै चार्टर्ड गरेर नेपालीलाई फर्काएको यो दोस्रोपटक हो। यसअघि अमेरिकाले ८ नेपालीलाई डिपोर्ट गरेर आफ्नै विमानमा नेपाल ल्याइदिएको थियो।
Discussion about this post