Khabar Samachar

Search
Close this search box.

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ सय ६० ग्राम सुनसहित एक महिलालाई नियन्त्रणमा

201
VIEWS

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेकी छन्।

५३ वर्षीया खेमानी मिना सुजित सिंह पक्राउ परेकी हुन्।

उनलाई मंगलबार राति १ किलो १६० ग्राम सुनसहित पक्राउ गरिएको हो।

उनी सारजाहबाट एयर अरेबियाको उडानमार्फत् मध्यराति नेपाल आइपुगेकी थिइन्। चेकिङको क्रममा सुन फेला परेपछि उनलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

‘उनलाई पक्राउ गरेर थप अनुसन्धान गर्ने काम भइरहेको छ,’ एसएसपी राठौरले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित