Khabar Samachar

Search
Close this search box.

नेपालमा ओमिक्रोनको ५ वटा नयाँ सब भेरिएन्ट पुष्टि

201
VIEWS

नेपालमा ओमिक्रोनको ५ वटा नयाँ सब भेरिएन्ट पुष्टि भएको छ।  टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेसिङ परीक्षण गर्दा नेपालमा ओमिक्रोनका विभिन्न सवभेरिएन्ट पुष्टि भएको हो।

जेठ २२ देखि २९ गतेसम्म  कोरोना पुष्टि भएका १४ वटा नमुनाको जिन सिक्वेसिङ गर्दा ओमिक्रोनका विभिन्न सब भेरिएन्ट पुष्टि भएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सबै प्रदेशमा ओमिक्रोन देखिएका १४ वटा नमुनामा परीक्षण गर्दा ओमिक्रोनको ५ वटा नयाँ सब भेरियन्ट देखिएको बताए।

अहिले भेटिएका सब भेरियन्टहरु संक्रामक भएको तर कम घातक भएको उनको भनाइ छ। पुष्टि हुनेमा सात वटा लिनेज एक्सएफजी, तीन वटामा एक्सएफजी, एउटामा एक्सएफजी ३.१ र दुई वटामा जेएन १ भेटिएको छ। ओमिक्रोनको सब भेरिएन्ट कोभिड १९ गराउने सार्स कोभ २ भाइरसको ओमिक्रोनको विकसित रुप हुन्। भाइरस लगातार अनुवंशिक रुपमा परिवर्तन (म्युटेट)भइरहन्छ। परिजर्तन भएर आएका भेरिएन्टले छुट्टै विशेषता देखाउने गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित