Khabar Samachar

Search
Close this search box.

अभिनेता अनमोल केसीसहित चलचित्र फर्की फर्की टिमविरुद्ध मुद्दा

203
VIEWS

अभिनेता अनमोल केसी र उनी अभिनीत फिल्म ‘फर्की फर्की’ को टिमविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

फिल्ममा आफ्नो नम्बर प्रयोग गरेको भन्दै नरेन्द्रबहादुर श्रेष्ठले मुद्दा दायर गरेको सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए।

मोबाइल नम्बर अनुमतिबिना प्रयोग गर्दा आफूलाई मानसिक असर परेको श्रेष्ठको भनाइ छ।

‘फर्की फर्की’ मा अभिनेताले अभिनेत्रीलाई मोबाइल नम्बर दिएको एक दृश्यमा श्रेष्ठको मोबाइल नम्बर प्रयोग गरिएको जनाइएको छ। त्यसले आफूलाई लगातार फोन आएर हैरान भएको उनले दायर गरेको मुद्दामा उल्लेख छ।

मोबाइल नम्बर हटाउन आग्रह गर्दा पनि नहटाएकाले कारबाही र क्षतिपूर्ति समेत माग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित