इजरायलबाट नेपाल फर्किन हालसम्म ८८५ जनाले विवरण दर्ता गराएका छन्।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार प्रतितिधिसभामा आफ्नो मन्त्रालयबारे उठेका प्रश्नको जवाफ दिने क्रममा त्यसबारे जानकारी गराएकी हुन्।
‘जुन १७ बाट अनलाइन पोर्टल खोलेर नेपाली नागरिकहरुको विवरण लिन सुरु गरेका छौँ । र उक्त पोर्टलमा हालसम्म ८ सय ८५ जनाले दर्ता गर्नुभएको छ,’ परराष्ट्रमन्त्री राणाले भनिन्, ‘अबको एक/दुई दिनमा श्रम संसार भन्ने मोबाइल एप नागरिक एपसँग मिलाएर रिलिज पनि गर्न गइरहेका छौँ । त्यसपछि विश्वभरी रहेका जतिपनि नेपाली नागरिकहरू हुनुहुन्छ ।’
जुन १७ देखि नेपाल फर्किन चाहने नेपालीको विवरण लिन सरकारले सुरु गरेको थियो। इजरायलमा करिब ५ हजार नेपाली रहेको परराष्ट्र मन्त्रालयको भनाइ छ।
Discussion about this post