Khabar Samachar

Search
Close this search box.

काठमाडौंमा आज गठबन्धनको चुनावी सभा,शीर्ष नेताले सम्बोधन गर्ने

205
VIEWS

पाँचदलीय सत्ता गठबन्धनले आज काठमाडौँमा संयुक्त चुनावी आमसभा गर्ने भएका छन्।

सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस काठमाडौँका सभापति कृष्ण बानियाँ (सबुज) ले बताए।

स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशका प्रमुख शहरहरुमा चुनावी सभा गर्ने निर्णय यसअघि गठबन्धनका दलहरुले गरेका थिए । सोहीअनुसार बिहीबार चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा भएको थियो ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरूले स्थानीय आवश्यकतानुसार चुनावी तालमेल गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित