माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।नतिजा प्रकाशनको तयारीका लागि दिउसो परीक्षा बोर्डको बैठक बस्दैछ । परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार नतिजाको काम अन्तिम चरणमा पुगेको बताए । त्यसका लागि आज बोर्ड बैठक बस्ने तयारी गरिएको उनले जानकारी दिए । ‘नतिजाको अन्तिम चरणमा छौं । तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन । त्यसका लागि बोर्डको बैठकबाट निर्णय गर्नुपर्छ’ उनले भने, ‘सम्भवतः बोर्डको बैठक आज बस्छ ।’
Discussion about this post