राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार साँझ साढे ५ बजे प्रकाशित गर्ने भएको छ ।
शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले शुक्रबार नै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक गणेश भट्टराईले जानकारी दिए।
‘बोर्ड बैठक बस्यो । ६ बजेपछि नतिजा दिन्छौं,’ उनले भने।
एसइई गत चैतमा भएको थियो।
यसपालिको एसइईमा ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका थिए।
Discussion about this post