Khabar Samachar

Search
Close this search box.

विद्या भण्डारी सक्रिय राजनीतिमा आउनको लागि अध्यक्षकै प्रस्तावमा आउन पर्छ : रघुवीर

201
VIEWS

नेकपा एमालेका सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कमब्याकले पार्टीभित्र कुनै अन्तरविरोध नरहेको दाबी गरेका छन् ।

यदि विद्या भण्डारी सक्रिय राजनीतिमा आए पार्टी अध्यक्ष केपी शर्मा ओलीकै सहमति र प्रस्तावमा आउने पनि उनले बताए ।

आज जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै ओली निकट नेता महासेठले भने, ‘बजार हल्ला छ कि अब पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीमा अन्तरविरोध बढिरहेको छ र कार्यकर्ताहरु कित्ताकाट गरिरहेका छन्, दिनहुँ मिडियामा जुन कित्ताकाटको समाचार आइरहेको छ, त्यसमा कुनै पनि सत्यता छैन । अध्यक्ष र पूर्वराष्ट्रपति बिच कुनै अन्तरविरोध छैन ।’

भण्डारीले सक्रिय राजनीतिमा आउने कुरा गरेको तर कसरी अघि बढ्ने भन्ने केही कुरा नगरेको बताउँदै महासेठले भने, ‘यदि उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षकै सहमति र प्रस्तावमा आउनु हुन्छ ।’संविधान र पार्टीको विधानले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा कुनै बन्देज नगरेको साथै सचिवालयमा पनि छलफल भन्दै उनले भने, ‘उहाँ आउन चाहनुहुन्छ भने किन रोक्ने ? पार्टीभित्र अन्तरविरोध बढाउने काम गर्नुभएको छैन । पार्टीका केही एक-दुई जना साथीहरूले अन्तरविरोध बढाउने काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित